भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४.७० अङ्कले ओरालो लागेर दुई हजार ५५६.९५ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ अङ्कले घटेर ४८३.३९ मा ओर्लेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत खुम्चिएको छ । कूल २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब ७९ अर्ब ७८ करोड ५३ लाख ८० हजारको हाराहारीमा रहेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । अन्य २१.९१ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेको छ । यस्तै, बैंकिङ ७.०५, व्यापार ६७.४१, होटल तथा पर्यटन ५८.९, विकास बैंक ९४.४४, जलविद्युत् ४६.०५, वित्त ४६.३९, निर्जीवन बीमा २३.४६, उत्पादन १०५.४२, लघुवित्त १४.८४, जीवन बीमा १०५.२५ र लगानी ०.३७ अङ्कले घटेको छ ।

कारोबारका आधारमा सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २७ करोड १२ लाख ९७ हजार ६०९ बराबरको कारोबार भयो । यस्तै माछापुच्छ्रे बैंक रु ११ करोड ५६ लाख १३ हजार ९६२, नबिल बैंक रु नौ करोड ६४ लाख १८ हजार ३७६, सिद्धार्थ बैंक रु आठ करोड एक लाख २० हजार ८५२ र युनाइटेड मोदी हाइड्रोपावर रु सात करोड ५४ लाख पाँच हजार ५९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

यस्तै नेप्सेका अनुसार मेरो माइक्रोफाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । त्यस्तै सिटिजन म्युचुअल फण्ड ५.२६, आइसिएफसी फाइनान्स ४.२१, सनराइज ब्ल्यू चिफ फण्ड ३.८१ र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.७० प्रतिशतले कमाए ।

यसैगरी, जोशी हाइड्रोपावर ५.८७, गुडविल फाइनान्स ५.०९, ग्रीन डेभलपमेन्ट बैंक ४.७४, रैराङ हाइड्रोपावर ४.२८ र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४.२२ प्रतिशतले गुमाए ।

 


Thali Mobile Pvt.Ltd.