भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानद्वारा राष्ट्रव्यापी वायु सेना अभ्यास शुरु

इरानद्वारा राष्ट्रव्यापी वायु सेना अभ्यास शुरु

इरान । इरानले बिहीबार देशभरि वायु सेनाको वार्षिक अभ्यास शुरु गरेको छ । सरकारी टेलिभिजनले जनाएअनुसार यो अभ्यास अघिल्लो हप्ता आयोजित सशस्त्र अभ्यासपछि आयोजित ठूलो सैन्य अभ्यास हो । प्रतिवेदनमा दिइएको जानकारी अनुसार यस अभ्यासमा बमवर्षक लडाकु विमान, ड्रोन लेसर-निर्देशित मिसाइल सहित अन्य अत्याधुनिक हतियारहरूको प्रयोग गरी ड्रिलमा भाग लिइनेछ।

सबै इरानी सैन्य हवाई अड्डाहरू यस युद्धाभ्यासमा भाग लिनेछन्। बताइएअनुसार इरानसँग १२ एयर बेस छन्। प्रतिवेदने यो ड्रिल कति लामो समय सम्म चल्छ भन्ने बारे केही बताएको छैन। अघिल्लो हप्ता यहाँ आयोजित दुईदिने वार्षिक हवाई रक्षा अभ्यासमा सेना र अर्धसैनिक क्रान्तिकारी गार्ड दुवै भाग लिएका थिए। इरानले नियमित रूपमा यस्तो सैन्य अभ्यास गरेर आफ्नो सैन्य तत्परता र क्षमताको प्रदर्शन गर्ने गर्दछ।

इरानको बढ्दो परमाणु र सैन्य शक्तिले यस क्षेत्रमा तनाब बढाउँदै लगेको छ। तेहरानको सन् २०१५ को विश्व शक्तिहरूसँगको समझदारीलाई पुनर्जीवित गर्न भियनामा हुने भनिएको वार्ता गत जुन देखि रोकिएको छ र त्यो समझदारी पुनः शुरु हुने कुनै मिति भने हालसम्म तय भएको छैन।

सन् २०१५ को परमाणु सम्झौताले तेहरानलाई आर्थिक प्रतिबन्ध हटाउने बदलामा युरेनियमको संवर्धनलाई निकै सीमित बनाएको थियो। सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा अमेरिकालाई उक्त सम्झौताबाट फिर्ता लिएपछि मध्य पूर्वमा तनाव बढायो र आक्रमणका अनेक शृङ्खला शुरु हुन थाले ।

 


Thali Mobile Pvt.Ltd.