भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मध्यपुरथिमि–२ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी

मध्यपुरथिमि–२ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी

भक्तपुर । जिल्लाका मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् । उनले ९८८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिद्वन्द्वी नेकपाएमालेका प्रकाश थापामगरले ८९४ मत प्राप्त गरे भने वडासदस्यमा रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी भएका छन् ।

यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी भएका छन् । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा मध्यपुरथिमि नगरपालिकाको प्रमुखका उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले दुई हजार ७ सय ९९ मत प्राप्त री अग्रता कायम राखेका छन् । प्रतिद्वन्द्वी एमालेका मदनसुन्दर श्रेष्ठले दुई हजार १ सय १३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखतर्फ एमालेका उत्तरा नेपालले दुई हजार ४७० मतका साथ अग्रता कायम राखेकि छन् भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले एक हजार ६५३ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको मतगणनास्थलबाट सहायक मतदान अधिकृत केशव सिलवालले कैलाश खबरलाइ जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.