भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

मध्यपुरथिमि–२ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी

मध्यपुरथिमि–२ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी

भक्तपुर । जिल्लाका मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् । उनले ९८८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिद्वन्द्वी नेकपाएमालेका प्रकाश थापामगरले ८९४ मत प्राप्त गरे भने वडासदस्यमा रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी भएका छन् ।

यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी भएका छन् । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा मध्यपुरथिमि नगरपालिकाको प्रमुखका उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले दुई हजार ७ सय ९९ मत प्राप्त री अग्रता कायम राखेका छन् । प्रतिद्वन्द्वी एमालेका मदनसुन्दर श्रेष्ठले दुई हजार १ सय १३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखतर्फ एमालेका उत्तरा नेपालले दुई हजार ४७० मतका साथ अग्रता कायम राखेकि छन् भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले एक हजार ६५३ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको मतगणनास्थलबाट सहायक मतदान अधिकृत केशव सिलवालले कैलाश खबरलाइ जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.