भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

पनडुब्बी जहाज बेपत्ता, पनडुब्बीमा कति यात्रु थिए भन्ने खुलेन

पनडुब्बी जहाज बेपत्ता, पनडुब्बीमा कति यात्रु थिए भन्ने खुलेन

एजेन्सी । एट्लान्टिक महासागरमा पर्यटकलाई बोकेको पनडुब्बी जहाज हराएको छ । टाइटानिकको भग्नावशेष देखाउन प्रयोग गरिँदै आएको पनडुब्बी जहाज वेपत्ता भएको हो । टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो ।

त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो । केही वर्षदेखि टाइटनिक जहाजको भग्नावशेष देखाउन ओशनगेट कम्पनीले पनडुब्बीमार्फत पर्यटक लैजाने गरेको छ । कम्पनीले आठ दिनको प्याकेजका लागि प्रतिव्यक्ति साढे १ लाख डलर दिने गरेको छ ।

अहिले पनडुब्बीको खोजी भइरहेको छ । हराइरहेको पनडुब्बीमा कति यात्रु थिए भन्ने खुलेको छैन । टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट चार सय नटिकल माइल टाढा एट्लान्टिक महासागरको तीन हजार आठ सय मिटर तल छ ।

 


Thali Mobile Pvt.Ltd.