भर्खरै : Sorry, your browser does not support inline SVG.
मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना |

पर्वतीय विश्वविद्यालय र प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरु

पर्वतीय विश्वविद्यालय र प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरु

सूर्खेत । कर्णाली प्रदेशसभाको आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७ र सामाजिक विकासमन्त्री बिमला केसीले ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक–२०७६ सैद्धान्तिक छलफलका लागि प्रस्तुत गर्नुभयो । छलफलमा सदस्यहरु जीवनबहादुर शाही, ठम्मर विष्ट, मीनासिं रखाल, यज्ञबहादुर बिसी र सोशिला शाही, दल रावल, पद्मा खड्का, पदमबहादुर रोकायले भाग लिनुभयो ।

बैठकमा सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन र अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहले राष्ट्रिय वनको संरक्षण तथा सुव्यवस्था गर्न बनेको विधेयक– २०७७ संशोधन प्रस्तावसहित प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यस्तै, बैठकमा कानूनमन्त्री भण्डारीले प्रस्तुत गर्नुभएको कर्णाली सूचना प्रविधि तथा आम सञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी व्यवस्था गर्ने विधेयक– २०७७, ‘शान्ति तथा पुनःस्थापना केन्द्र व्यवस्था गर्न बनेको विधेयक–२०७७, कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७ र कर्णाली प्रदेश सहकारी ऐन– २०७५ लाई संशोधन गर्न बनेको विधेयक–२०७७ लाई टेबुल गरियो । प्रदेशसभाको अर्को बैठक यही वैशाख १५ गते बुधबार दिउँसो २ बजे बस्ने छ ।

 


Thali Mobile Pvt.Ltd.