भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारसँग मागे जवाफ | कांग्रेसको नयाँ कार्यसमितिमा १४ सांसद निर्वाचित, १० जना पराजित | एनपीएलको भव्य तयारी, कीर्तिपुर मैदानमा थपियो नयाँ सुविधा | असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि बिक्री सुरु | सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना |

प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरिने

प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरिने

गण्डकी । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आज स्थगित बैठक प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरेपछि बस्ने सहमति भएको छ । सत्ता पक्षीय नेकपा एमालेका प्रदेशसभा सदस्यबाट कोरोना महामारी बढेको वर्तमान अवस्थामा सदस्यको पिसिआर परीक्षण हुनुपर्ने मागसहित आजको बैठक अवरुद्ध गरेपछि कार्यव्यवस्था परामर्श समितिको बसेको बैठकले परीक्षण गरेर मात्र सभा बस्ने सहमति जुटेको हो । सबै सदस्यको पिसिआर परीक्षण गर्ने भन्दै भोलि १ बजेसम्मका लागि बैठक स्थगित गरेको छ ।

बैठकमा कोरोना सङ्क्रमण पुष्टि भएका सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको छलफलमा सहभागी हुन नपाउने तर मतदान प्रक्रियामा सहभागि हुन पाउनेमा सहमति जुटेको बताइएको । सहमतिअनुसार आजै प्रदेशसभा सदस्यको पिसिआर परीक्षण भएको र भोलि १० बजेसम्म त्यसको नतिजा आएपछि १ बजे बैठक बस्ने प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिनुभयो । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो ।
–––

 


Thali Mobile Pvt.Ltd.