पशुपति क्षेत्रका व्यापारीक भवनमा समितिको नयाँ निर्देशन

पशुपति क्षेत्रका व्यापारीक भवनमा समितिको नयाँ निर्देशन image

१४ असार २०७७ काठमाडौं । पशुपत्ति क्षेत्रमा रहेका व्यवसायीक भवन र जग्गाको भाडा व्यवस्थित गर्न पशुपत्ति क्षेत्र विकास कोषलाई राष्ट्रिय सरोकार तथा समन्वयन समितिले सुझाव दिएको छ ।

कोषको नाममा रहको २ सय ६५ रोपनी जग्गा व्यवसायीक भवन, व्यक्तिका नाममा समेत रहेका ती भवनबाट समयानुकुल भाडा वृद्धि गर्नेगरी समितिले सुझाव दिएको हो । पशुपत्ति क्षेत्र विकास कोषको नाममा रहेको कुल ५ सय १८ मध्ये ४ सय ६१ मात्रै सम्पदाहरुल देखिएको र उचित संरक्षण पनि हुन नसकेको समितिले जनाएको छ ।

मुल भट्टले सपथ खाने ११ शिवलिङ्ग मध्ये १ शिवलिङ्ग मानिसको घरैभित्र रहेको र संरक्षण समेत हुन नसकेको उल्लेख छ ।भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले पशुपत्ति क्षेत्रको जग्गा राज्य गुठीको नाममा रहेकाले राज्यको पनि अधिकार नहुने र अरुले प्रयोग गर्न नपाउने समिति बैठकमा बताएकी छन् । गुठीको जग्गामा एक इन्च पनि जग्गा मिच्ने अधिकार कसैलाई नरहेको ठहर बैठकमा गरिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda