भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

पहिरोमा परी भारतमा कम्तीमा १० जनाको मृत्यु, ६० जना पुरिएको आशङ्का

पहिरोमा परी भारतमा कम्तीमा १० जनाको मृत्यु, ६० जना पुरिएको आशङ्का

सिमला । हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पहिरोमा अरु कम्तीमा ६० जना पुरिएको आशङ्का गरिएको छ । कम्तीमा २५ व्यक्ति बोकेको एउटा बस नै पहिरोमा पुरिएको भारत–तिब्बत सीमा सुरक्षा आइटीबीपीले आशङ्का गरेको छ ।

“घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ जना घाइतेलाई उद्धार गरिएको छ,” आइटीबीपीले प्रकाशन गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । हिमाञ्चल प्रदेशमा पहिरोले पुरेको गाडी निकाल्नका लागि भारत–तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरी उद्धारकार्यमा परिचालित भएका छन् ।

हिमाञ्चल प्रदेशको किन्नौर जिल्ला अन्तर्गत पर्ने घटनास्थलमा अझै ढु्गा खसेको तिब्बतको सीमानामा एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् । टेलिभिजन च्यानलले एउटा ट्रक र कारको चित्र भग्नावशेषमा आधा गाडेको, बाटोमा चट्टान रहेको र रूखको टुक्रा देखाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.