भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

पहिलो हुने टोलीले ५ लाख ५० हजार पाउने

पहिलो हुने टोलीले ५ लाख ५० हजार पाउने

पोखरा । पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ । शुक्रवार र शनिवार फेवातालमा हुने ड्रागन बोट रेस सुरु भएको हो । शीतनिन्द्रामा रहेको ड्रागनलाई ब्युँझाउन चीनमा २ हजार वर्ष अघिदेखि यो उत्सव मनाउन थालिएको मानिन्छ । ड्रागनजस्तै देखिनेगरी बनाइएको डुंगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् भने ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् । पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन् । प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ टोलीले भाग लिँदैछन् ।

पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको सहआयोजनामा यो उत्सवहो भइरहेको छ। सहभागी आठवटै टोलीले वरीयताका आधारमा पुरस्कार पाउनेछन् । पहिलो हुने टोलीले ५ लाख ५० हजार÷५ लाख ५० हजार पाउनेछन् । पुरस्कारमा ३० लाख रुपैयाँ खर्च हुनेछ ।

नेपाल र्‍याफ्टिङ एजेन्सिज एशोसिएशन (नारा) फेवा डुंगा व्यवसायी संघ, बेगनास डुंगा व्यवसायी संघ र पोखरा महानगरको टोली नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुनेछन् । तालमा ५ सय मिटर र २ सय मिटरको दुई विधामा प्रतियोगिता हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.