भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पाँच दलीय गठबन्धन आगामी चुनावसम्मै रहन्छ : गृहमन्त्री खाँण

पाँच दलीय गठबन्धन आगामी चुनावसम्मै रहन्छ : गृहमन्त्री खाँण

गुल्मी । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन सरकार संघीय निर्वाचनसम्म नै कायम रहने बताएका छन् ।

राष्ट्रिय भूमि आयोगले जिल्ला समितिका पदाधिकारीहरुलाई आयोजना गरेको लुम्विनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म नै कायम रहने बताएका हुन् ।

त्यस्तै मन्त्री खाँणले काम गर्ने क्रममा सुरक्षाको ग्यारेन्टी सरकारले लिने बताउँदै ढुक्कसंग काम गर्न अनुरोध गरे । मन्त्री खाँणले भूमिहीनहरूलाई भूमिको मालिक बनाउने यस पवित्र कार्यमा यो त्यो नभनी काम गर्नसमेत उनले आग्रह गरे ।

मन्त्री खाँणले काम गर्न क्रममा बजेट र सुरक्षाको कुनै कमी नहुने भन्दै मन्त्री खाँणले परिणाम देखिने गरी काम गर्न भूमिहीनहरुको समस्या समाधान गर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका जिल्लाका पदाधिकारीहरू, आयोगका पदाधिकारी लगायतको उपस्थिति थियो ।

 


Thali Mobile Pvt.Ltd.