भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाकिस्तान सेमिफाइनल पुग्ने सम्भावना बलियो

पाकिस्तान सेमिफाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ । बाबर आजमको अर्धशतक र आसिफ अलीको विष्फोटक ब्याटिङमा पाकिस्तानले तेस्रो जित निकालेको हो । सुपर १२ अन्तर्गत ग्रुप २ मा रहेको पाकिस्तान तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

आसिफ अलीले १९औं ओभरमा चार छक्का प्रहार गरेपछि पाकिस्तानले शुक्रबार भएको खेलमा अफनिस्तानलाई पाँच विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले ६ बल बाँकी छँदै पाँच विकेट गुमाएर पूरा गर्‍यो । अन्तिम दुई ओभरमा जितका लागि पाकिस्तानलाई २४ रन आवश्यक थियो । १९औं ओभर अफगानिस्तानका करिम जन्नतले बलिङ गरेका थिए ।

जसमा आसिफ अलीले चार छक्का प्रहार गरेपछि पाकिस्तानले एक ओभर अगावै खेल जितेको हो । पाकिस्तानले अब दुई एसोसिएट राष्ट्र नामिबिया र स्कटल्याण्डसँग खेल्न बाँकी छ । पहिलो हार बेहोरेको अफगानिस्तानको दुई खेलबाट दुई अंकसहित दोस्रो स्थानमा छ ।

 

 


Thali Mobile Pvt.Ltd.