भर्खरै : Sorry, your browser does not support inline SVG.
कालीमाटी बजारमा कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण | चीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्यूडको भूकम्प, २ जनाको मृत्यु र १ बेपत्ता | सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए स् खोटाङ पूर्वी तराईसँग सीधा यातायात | बाँझो बलौटे जमिनमा तरबुजा खेतीस् दैनिक १२ हजार कमाउँदै सुन्दर | यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने | नेपालमा स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो | फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद | केन्द्रीय कारागारबाट फरार सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा |

सहयोगीलाई मात्रै पनि २० वर्ष जेल सजाय

सहयोगीलाई मात्रै पनि २० वर्ष जेल सजाय

काठमाण्डौ । म्यानमारमा एक जनालाई २० वर्षको जेल सजाय सुनाइएको छ । नेतृ आङ सान सुकीका निकट सहयोगीलाई यू विन एचटिनलाई विशेष अदालतले २० वर्ष जेल सजाए सुनाएको हो । अदालतले धारा १ सय २४ (क) अन्तर्गत २० वर्षको कैद सजाय सुनाएको हो ।
यू विन लामो समयसम्म सैन्य शासनविरुद्ध प्रचार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि जेलमा रहँदै आएका ८० वर्षीय यू विन लामो समयदेखि राजनीतिक कैदी थिए ।

म्यानमारमा सैन्य शासन सुरु भएदेखि नै राजनीतिक अस्तव्यस्तता देखिएको छ । एक स्थानीय मानव अधिकार अनुगमनकारी समूहका अनुसार यो अवधिमा राष्ट्रव्यापीरूपमा ठूला विरोध प्रदर्शनहरू भएका छन् । म्यानमारमा एक हजारभन्दा बढी मानिसहरू सुरक्षा फौजद्वारा मारिएका छन् ।

पक्राउ हुनुभन्दा केही दिन अगाडि उहाँले स्थानीय सञ्चार माध्यमलाई सैन्य शासन ‘विवेकी निर्णय नभएको’ र यसले देशलाई गलत दिशामा लगेको बताएका थिए । गएको फेब्रुअरीमा नेतृ आङ सान सुकी लगायतका नेताहरूलाई पक्राउ गरेर म्यानमारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.