भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अर्काको जग्गा बेच्ने ३ जना कारागार चलान

अर्काको जग्गा बेच्ने ३ जना कारागार चलान

सुर्खेत । उच्च अदालत सुर्खेतले ३ जनालाई कारागार चलन गर्न आदेश दिएको छ । अर्काको जग्गा बेचिदिने तीन जनालाई कारागार चलान गर्न उच्च अदालतले सुर्खेतले आदेश दिएको हो । उच्च अदालतले वीरेन्द्रगर सुर्खेतका सन्तोष ठाकुरसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश राजेद्र सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले वीरेन्द्रनगर २ भुरेलीका ठाकुरसहित, वीरेन्द्रनगर ५ का निर्मल पुरी र वीरेन्द्रनगर २ का गोर्खबहादुर भन्ने गणेश बुढालाई कारागार चलान गर्न आदेश दिएको हो । उनीहरूले जग्गाका मालिक सौगात रावतको नक्कली सहीछाप गरी उनको जग्गा अर्कैलाई बेचेका थिए । रावतको उक्त सहीछाप विधि विज्ञान प्रयोगशालाबाट नमिलेको प्रमाणित भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.