२६ जेठ २०७७ सोमबार, काठमाडौं । कोरोना भाइरसको पिसिआर रिपोर्ट नआएको भन्दै वीर अस्पतालले आइसियुमा सार्न नमानेपछि एक महिलाको मृत्यु भएको छ । फिमेल मेडिकल वार्डमा उपचाररत ती महिलाको पिसिआर रिपोर्ट नआएको भन्दै अस्पतालले आइसियुमा सार्न आनाकानी गरेर टारेको थियो ।
ती महिलाको अवस्था झन गम्भीर भएपनि अस्पतालको पिसिआर रिपोर्टको बहानामा आइसियुमा सार्न नमानेपछि बिरामीको मृत्यु भएको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए । आइसियुको शैय्या खाली भएपनि बिरामीलाई आइसियुमा सार्न नमानेको उनले बताए ।
उनी चार दिनदेखि अस्पताल भर्ना भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । आइसियुमा सार्ने क्रममै ती बिरामीको मृत्यु भएको उनको दावी छ । गम्भीर खालका बिरामीलाई पिपिई लगाई तत्काल उपचार गर्नु भनी सरकारले निर्देशन दिएपनि वीर अस्पतालले त्यसको उल्लघंन गरेको धेरै विरामीको भनाई छ ।
गम्भिर र आकस्मिक अवस्थामा रहेका बिरामीको पिपिई लगायतका सुरक्षा अपनाएर उपचार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । तर, वीर अस्पतालले त्यसको पालना नगर्दा समस्या भएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बताए । अस्पतालले पछिल्लो समय गम्भिर अवस्थाका बिरामीलाई उपचार नगरी फर्काउने गरेको पनि विरामीको भनाई छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी...
कञ्चनपुर, २९ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट ज्यान गएको छ। २८ वर्षीया कमला दमाईलाई गएराति करिब ८ बजेको समयमा करेत जातको विषालु...
काठमाडौँ, २९ असार । विभिन्न भागमा आज हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डौ उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि घाम लागे पनि...
कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक...