भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

पुन विवाह गर्दै अभिनेत्री श्वेता खड्का

पुन विवाह गर्दै अभिनेत्री श्वेता खड्का

काठमाडौं । २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी अभिनेत्री श्वेता खड्काले यही मंसिरमा विवाह गर्दै छिन् । विवाह गरेको एक महिनापछि साउन २५ गते श्रीकृष्णको निधन भएको थियो ।

श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन् । अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ । मंसिर २२ गते विवाह गर्न लागेको आधिकारिक जानकारी प्राप्त भएको छ ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र चर्चा भए पनि उनीहरुले आधिकारिक रुपमा स्वीकार गरेका थिएनन् । तर‚ उनीहरुको विवाहको कार्ड नै बाहिरिएपछि विवाह हुने सार्वजनिक भएको हो । विवाहको कार्ड अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने भएको छ।

 


Thali Mobile Pvt.Ltd.