भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पुन विवाह गर्दै अभिनेत्री श्वेता खड्का

पुन विवाह गर्दै अभिनेत्री श्वेता खड्का

काठमाडौं । २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी अभिनेत्री श्वेता खड्काले यही मंसिरमा विवाह गर्दै छिन् । विवाह गरेको एक महिनापछि साउन २५ गते श्रीकृष्णको निधन भएको थियो ।

श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन् । अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ । मंसिर २२ गते विवाह गर्न लागेको आधिकारिक जानकारी प्राप्त भएको छ ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र चर्चा भए पनि उनीहरुले आधिकारिक रुपमा स्वीकार गरेका थिएनन् । तर‚ उनीहरुको विवाहको कार्ड नै बाहिरिएपछि विवाह हुने सार्वजनिक भएको हो । विवाहको कार्ड अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने भएको छ।

 


Thali Mobile Pvt.Ltd.