भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा रु चार करोड बजेट

पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा रु चार करोड बजेट

पशुपतिनगर । पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ मा पर्ने स्थानीय तहमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गरिएको छ । छ स्थानीय तहका ३९ वडा रहेको निर्वाचन क्षेत्रमा यस वर्ष रु चार करोड बजेट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट बाँडफाँट गरिएको हो । सबैभन्दा बढी १४ वटा वडा भएको सूर्योदय नगरपालिकामा रु एक करोड ३५ लाख विनियोजन गरिएको छ । इलामको कान्छो नगरपालिका माईमा रु ६८ लाख बजेट विनियोजन गरिएको छ । रोङ गाउँपालिकामा रु ६० लाख, सन्दकपुर गाउँपालिकामा रु ६७ लाख, माईजोगमाई गाउँपालिकामा रु ६० लाख र इलाम नगरपालिका पर्ने एउटा वडामा रु १० लाख बजेट विनियोजन गरिएको हो ।
कार्यक्रम परामर्श समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य खनालले जुम भिडियोमार्फत संयोजना गर्नुभएको छलफलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ९सञ्चालन कार्यविधि० नियमावली २०७७ ले आयोजना व्यवस्थापन खर्चका लागि निर्दिष्ट गरेको ०।९ प्रतिशतबाट हुन आउने र जिल्ला समन्वय समितिको कार्यलयले पाउने रकम कटाएर मात्र आयोजनाबापतको रकम भुक्तानी गर्ने गराउने निर्णय गरेको छ ।  पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त बजेट कार्यान्वयनका सिलसिलामा सूर्योदय नगरपालिकाको एउटा आयोजना रु ५० लाखभन्दा माथिको भई ठेक्का प्रक्रियाबाट सञ्चालनका लागि बोलपत्र प्रक्रियासम्म पुग्दा कोभिड–१९ का कारण निर्माण व्यवसायीबाट काम हुन नसकेपछि बजेट फिर्ता भएको थियो ।

सूर्योदयका अन्य योजना सम्पन्न भएको र कोभिडको जोखिमका समयमा समेत बजेट कार्यान्वयन गरी आयोजना सफल बनाएकामा सम्बन्धित पक्षलाई धन्यवाद दिने निर्णय गरेको छ । छलफलमा परामर्श समिति सदस्य एवं जिसस प्रमुख गणेश बराल र उपप्रमुख चित्रकला बराइली, इलाम नगर प्रमुख महेश बस्नेत, सूर्योदय नगर प्रमुख रनबहादुर राई, माई नगर प्रमुख दीपककुमार थेबे, रोङ गाउँपालिका अध्यक्ष शम्सेर राई, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई र परामर्श समितिका सदस्य सचिव जिल्ला समन्वय अधिकारी हरिबहादुर दाहालको सहभागिता थियो । रासस

 


Thali Mobile Pvt.Ltd.