भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा रु चार करोड बजेट

पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा रु चार करोड बजेट

पशुपतिनगर । पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ मा पर्ने स्थानीय तहमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गरिएको छ । छ स्थानीय तहका ३९ वडा रहेको निर्वाचन क्षेत्रमा यस वर्ष रु चार करोड बजेट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट बाँडफाँट गरिएको हो । सबैभन्दा बढी १४ वटा वडा भएको सूर्योदय नगरपालिकामा रु एक करोड ३५ लाख विनियोजन गरिएको छ । इलामको कान्छो नगरपालिका माईमा रु ६८ लाख बजेट विनियोजन गरिएको छ । रोङ गाउँपालिकामा रु ६० लाख, सन्दकपुर गाउँपालिकामा रु ६७ लाख, माईजोगमाई गाउँपालिकामा रु ६० लाख र इलाम नगरपालिका पर्ने एउटा वडामा रु १० लाख बजेट विनियोजन गरिएको हो ।
कार्यक्रम परामर्श समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य खनालले जुम भिडियोमार्फत संयोजना गर्नुभएको छलफलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ९सञ्चालन कार्यविधि० नियमावली २०७७ ले आयोजना व्यवस्थापन खर्चका लागि निर्दिष्ट गरेको ०।९ प्रतिशतबाट हुन आउने र जिल्ला समन्वय समितिको कार्यलयले पाउने रकम कटाएर मात्र आयोजनाबापतको रकम भुक्तानी गर्ने गराउने निर्णय गरेको छ ।  पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त बजेट कार्यान्वयनका सिलसिलामा सूर्योदय नगरपालिकाको एउटा आयोजना रु ५० लाखभन्दा माथिको भई ठेक्का प्रक्रियाबाट सञ्चालनका लागि बोलपत्र प्रक्रियासम्म पुग्दा कोभिड–१९ का कारण निर्माण व्यवसायीबाट काम हुन नसकेपछि बजेट फिर्ता भएको थियो ।

सूर्योदयका अन्य योजना सम्पन्न भएको र कोभिडको जोखिमका समयमा समेत बजेट कार्यान्वयन गरी आयोजना सफल बनाएकामा सम्बन्धित पक्षलाई धन्यवाद दिने निर्णय गरेको छ । छलफलमा परामर्श समिति सदस्य एवं जिसस प्रमुख गणेश बराल र उपप्रमुख चित्रकला बराइली, इलाम नगर प्रमुख महेश बस्नेत, सूर्योदय नगर प्रमुख रनबहादुर राई, माई नगर प्रमुख दीपककुमार थेबे, रोङ गाउँपालिका अध्यक्ष शम्सेर राई, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई र परामर्श समितिका सदस्य सचिव जिल्ला समन्वय अधिकारी हरिबहादुर दाहालको सहभागिता थियो । रासस

 


Thali Mobile Pvt.Ltd.