काठमाडौँ । भारत पाकिस्तानको सीमामा फायरिङ हुँदा दुई सैनिकको ज्यान गएको छ । शुक्रवार जम्मूकश्मिरको रजौरी जिल्लामा भएको गोलीबारीमा दुई भारतीय सेनाको निधन भएको हो ।
सेनाका जवान नायक प्रेम बहादुर खत्री र राइफलम्यान सुखबीर सिंहको निधन भएको हो । यता मृतक खत्री दाङका रहेको बताइएको छ । उनी १४ वर्षदेखि भारतीय सेनामा कार्यरत रहेको जनाइएको छ।
भारत र पाकिस्तानबीच लगातार गोलीबारी भइरहने जम्मू कश्मीरमा नेपाली युवाहरुले ज्यान गुमाउँदै आएका छन् ।
