भर्खरै : Sorry, your browser does not support inline SVG.

पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

एजेन्सी । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । आज बिहान ६८ वर्षको उमेरमा उनको सांघाईमा निधन भएको हो ।

हृदयाघातका कारण लीको निधन भएको चिनिया संचारमाध्यमहरुले जनाएका छन् ।

अचानक हृदयाघात भएको र गएराति १२ बजेर १० मिनेटमा निधन भएको हो । ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए ।

ली सन् २०१३ मा पहिलोपटक चीनको प्रधानमन्त्री बनेका थिए ।

चीनका राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाको दोस्रो वरियतामा रहेका ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए ।

 


Thali Mobile Pvt.Ltd.