भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

पोखरा स्पोर्ट्स अवार्ड भर्चुअलबाटै

पोखरा स्पोर्ट्स अवार्ड भर्चुअलबाटै

कास्की । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड २०७६र०७७’ भर्चुअलमार्फत आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण प्रभावका कारण गत वर्ष र यस वर्ष पनि अवार्ड समारोह स्थगन भएकामा मञ्चले यही असार १८ गते अवार्ड समारोह आयोजना गर्ने निर्णय गरेको हो । मञ्चको मङ्गलबार बसेको बैठकले सो दिन विश्व खेलकूद पत्रकार दिवससमेत परेकाले भर्चुअलबाटै भए पनि अवार्ड वितरण समारोह गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकाी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा रङ्गशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअलमार्फत अवार्ड समारोह गर्न स्वीकृत दिएबमोजिम अवार्ड कार्यक्रम तयारी अघि बढाइएको हो । यस वर्ष गत वैशाख २० का लागि तयारी गरिएकामा निषेधाज्ञाका कारण अन्तिम समयमा आएर स्थगन गरिएको थियो । समारोहमा विगतमा झैँ यसपटक विभिन्न सात विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल सङ्घ र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड वितरण गरिने महासचिव विजय नेपालले जानकारी दिनुभयो ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक भइसकेको छ । खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । दुई वर्षको अवधिमा खेलाडीले प्रस्तुत गरेको आफ्नो प्रतिभा प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिने छ । मञ्चले कोरोनाका कारण ज्यान गुमाएका पत्रकारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सङ्क्रमित पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।साथै स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षितसाथ सञ्चारकर्ममा लाग्न पनि मञ्चले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.