एजेन्सी । युइएफए नेसन्स लिगको तयारी अघिको मैत्रीपुर्ण खेलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेको छ । पोर्चुगलमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि स्पेनले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुगिंएको हो ।
खेलको दोस्रो मिनेटमा नै ड्यानियल ओल्मोले गोलको सुन्दर अवसर खेर फाल्दा स्पेन अग्रता लिबाट चुकेको थियो । जेरार्ड मोरेनोको पासमा ओल्मोले रुवेन सेमेडोलाई बिट गर्दै गरेको प्रहारमा पोर्चुगलका गोलरक्षक रुई प्याटिसियो बाधक बने । पाँचौ मिनेटमा ड्यानियल सेवालोसको थ्रु पासमा ओल्मो पुन चुके । ११औं मिनेटमा सर्जी रोबर्टोको पासमा रोड्रिगोको २० यार्ड टाढाको प्रहारले पोस्टको दिशा लिन सकेन ।
लगत्तै सर्जियो रिगुइलोनको पासमा ओल्मोको प्रहारलाई गोलरक्षक प्याट्रिसियोले सहजै नियन्त्रणमा लिए । २५औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा रेनाटो सान्चेसको प्रहार क्रसबारबाट थोरै बाहिरिद पोर्चुगल अग्रता लिनबाट चुक्यो । ३०औं मिनेटमा जोओ मौटिन्होको क्रसमा रुवेन सेमेडोको प्रहार डिफ्लेक्ट हुदै बाहिरिदा पाएको कर्नरमा आन्द्रे सिल्भाको हेडर प्रयास सफल हुन सकेन ।
४३औं मिनेटमा पोर्चुगलले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । रेनाटो सान्चेस हुदै रोनाल्डोबाट आएको पासमा राफयल गुरेरोको १० यार्ड भित्रको हाफ भली प्रहार क्रसबारबाट थोरैले बाहिरियो ।

