भर्खरै : Sorry, your browser does not support inline SVG.

पोल्याण्ड पठाउने भन्दै ३८ लाख ठगी गरेको आरोमा भक्तपुरकी एक महिला पक्राउ

पोल्याण्ड पठाउने भन्दै ३८ लाख ठगी गरेको आरोमा भक्तपुरकी एक महिला पक्राउ

काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु ३८ लाख रकम ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्यलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक रु एक लाख ५० हजार तलब हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी जम्मारु ३८ लाख रकम लिई

सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।काठमाडौँ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

 


Thali Mobile Pvt.Ltd.