काठमाडौँ । सर्वोच्चको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रले निवेदन दर्ता गराएकोमा असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई सती जान दिनु हुदैन भनेका छन् ।
रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको एकता भंग गर्ने अदालतको निर्णयको बचाउ गर्दै अदालतले पार्टी फुटाएको भन्नु नै गलत हुने बताए ।
पुनः एकताको विषयमा कुरा गर्न आफूले प्रचण्डलाई फोन गरेको तर, त्यो विषयलाई प्रचण्डले अखबारवाजी गरेको आरोप लगाए । ओलीले प्रचण्डको स्वार्थका पछाडि देश सती जान नसक्ने बताए ।
