भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

प्रतिनिधिसभामा शेयरबजार समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभामा शेयरबजार समस्याबारे ध्यानाकर्षण

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कंग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रुपमा रहने शेयर बजारको स्थायित्व र सबलताले लगानिकर्ताको मात्र नभई समग्र अर्थतन्त्र उन्नयनतर्फ लाने हुँदा हाल धितोपत्र बजारमा देखिएका समस्याका बारेमा सदनलाई स्पष्ट पार्न माग गर्नुभयो ।

उहाँले सामान्य अवस्थामा शेयर बजार तलमाथि हुने, तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भएता पनि केही नीतिगत कारणले बजार अस्थिर हुन नहुने बताउँदै धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको बनाउन माग गर्नुभयो ।

अहिलेको बजारमा साना लगानीकर्ता अझ बढी मारमा परेको र आम लगानीकर्ताको सुरक्षाका बारेमा सरकार र नियामकले गरिरहेका कामका बारेमा जानकारी गराउन थापाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कांग्रेस महामन्त्री थापाले गत लामो समयदेखि अस्थिर रहेको शेयरबजारको संरक्षण र लगानीकर्ताको प्रोत्साहनका लागि कार्यक्रम ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको हो ।
शेयरबजारको स्थायित्व, सबलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सबलीकरणमा योगदान पुग्छ भन्दै उहाँले शेयरबजारको स्थायित्व कायम गर्न, शेयरबजारमाथि विश्वास कायम गर्न अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नियामक धितोपत्र बोर्डले केकस्ता काम गरिरहेका छन् भनी प्रश्न गर्नुभयो ।

साथै उहाँले सना लगानीको संरक्षणका लागि भइरहेका कामहरुबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । नेता थापाले भन्नुभयो, “विस.२०७८ भदौ २८ गते नेप्से परिसूचक बढेर तीन हजार १९८ को उच्चतम विन्दुमा पुगेको थियो । यही जेठ ३१ गते घटेर एक हजार ९९९ मा झरेको छ । यसले शेयरबजारको विश्वसनियतामा नकारात्मक असर पर्नाका साथै साना लगानीकर्ता उठ्न नसक्नेगरी थला पारेको छ । अस्थिर नीतिका कारण लगानी बजार धराशयी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ ।”

Mohotsav


Thali Mobile Pvt.Ltd.