काठमाडौं । प्रतिनिधिसभाको बैठक केही समयपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने छ । आजबाट उक्त सभाको बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको हो ।
सम्भावित कार्यसूची अनुसार बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आफ्नो वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । संसद् सचिवालका अनुसार बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रचण्ड भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएको गैरजिम्मेवार र राष्ट्रहित विपरित भएकाले संसदमा जवाफ माग गर्ने बताएको छ ।
