भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

हुलाकका कर्मचारी आन्दोलनमा

हुलाकका कर्मचारी आन्दोलनमा

बर्दिया । हुलाक कर्मचारीहरुको आन्दोलन चर्किदै गएको छ । अतिरिक्त हुलाक कार्यालय बर्दियाका कर्मचारीहरुको आन्दोलन थप चर्किदै गएको हो । केन्द्रिय अतिरिक्त हुलाक सेवाको परिपत्र अनुसार कर्मचारीको पेशागत हकहितका लागि जारी भएको विज्ञप्तिलाई पुर्ण रूपमा अनुमोदन गर्दै जिल्लाभर रहेका २३ वटा अतिरिक्त हुलाक सेवा अर्को सूचना नआएसम्म पुर्णरुपमा हुलाक सेवा बन्द गर्ने निर्णय गरिएको अतिरिक्त हुलाक कर्मचारी एशोसियसन जिल्ला शाखा बर्दियाले जनाएको छ ।

सरकारले हालै प्रस्तुत गरेको बजेट भाषणमा अतिरिक्त हुलाक सेवा खारेजी गर्ने घोषणाको बिरोध गर्दै कर्मचारी आन्दोलित भएका हुन् । बिभिन्न ७ वुँदे माग राख्दै अतिरिक्त हुलाक कर्मचारी एशोसियसन बर्दियामार्फत उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.