भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जनताको अमूल्य मतलाई खेर जान दिन्न : अध्यक्ष प्रधान (भिडियो सहित)

जनताको अमूल्य मतलाई खेर जान दिन्न  : अध्यक्ष प्रधान (भिडियो सहित)

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं २ का नव निर्वाचित वडा अध्यक्ष सोम प्रधानले चाँगुनारायण नगरपालिका वडा नं २ का जनताबीच गरिएका प्रतिबद्धा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चाँगुनारायाण नगरपालिका वडा नं २ मा नेपाली काँग्रेको तर्फबाट निर्वाचित भएपछि कैलाश खवरलाई प्रतिक्रिया दिदै उनले खानेपानी, सडक, ढलनिकास लागायतका चुनौतीहरुलाई सामना गर्दै जनताको आवश्यकतालाई पूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । अध्यक्ष प्रधानले २०७४ सालमा जस्तै जनताको सेवा भावले नै जनताको सेवा गर्ने बताउदै आफूलाई मत दिएर जिताउने जनताको मतलाई खेरजान नदिने बताए ।

अध्यक्ष प्रधानले चागुनारायण नगरपालिका वडा नं २ का जनताको समृद्धिका लागि घोषणापत्र अनुसार काम गरेर देखाउने बताउदै उनले आफ्नो टिमले जनताको मतलाई घात नगर्ने तर्क गरे । विगताका अधुरा कामलाई पुरा गर्ने पहिलो प्राथमिकता रहेको जानकारी दिदै उनले बजेटमा हुने विभेदलाई हटाउन आफूले चाँगुनारायण नगरपालिका भित्र महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।

आफू निर्वाचित भएपछि कुनै पनि राजनीतिक दलालाई कुनै किसिमको विभेद नगर्ने विगतको प्रतिवद्धतालाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले जनताको मतको सम्मान गर्ने बताए । प्रधान चागुनारायण नगरपालिका वडा नं २ मा ११ सय ७७ मत पाएर जिजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मनोज केसीले ११ सय ४८ मत प्राप्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.