भर्खरै : Sorry, your browser does not support inline SVG.

चाँगुनारायण नगरापालिका वडा नं ६ मा राप्रपाका लामाले बनाए इतिहास

चाँगुनारायण नगरापालिका वडा नं ६ मा राप्रपाका लामाले बनाए इतिहास

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं ६ मा राप्रपाले बाजी मारेको छ । राप्रपाले एमालेका एमालेका उमेदवार बिष्णु लामालाई पछार्दै राप्रपाका धनबहादुर लामाले वडा अध्यक्षमा बाजी मारेका हुन । वडा नं ६ नगरकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका धनबहादुर लामाले १ हजार ४ सय ११ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार बिष्णु लामाले १२ सय ३ मत ल्याएर पछाएका थिए । वडा नं ६ मा नेपाली कांग्रेसले समेत राप्रपालाई सहयोग गरेको थियो भने सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ र आरती लामालगायतका छन् । वडामा २०७४ को निर्वाचनमा एमालेका सन्तबहादुर वाइवा अध्यक्षा विजयी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.