भर्खरै : Sorry, your browser does not support inline SVG.

प्रदेशमन्त्रीहरूको माग असफल: उपत्यका प्रहरी केन्द्र मातहत नै रहने

प्रदेशमन्त्रीहरूको माग असफल: उपत्यका प्रहरी केन्द्र मातहत नै रहने

श्रावण २०७७ काठमाडौँ । उपत्यका प्रहरी केन्द्र मातहत नै रहने भएको छ । प्रदेश मातहत राख्ने माग प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले गर्दै आएका थिए । राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र (नेपाल सरकार) मातहत नै रहने प्रहरी समायोजनसम्बन्धी मस्यौदामा सहमति जुटेको हो ।

बैठकमा उपत्यकाका ३ जिल्लाको सुरक्षा व्यवस्थापन र प्रहरी सञ्चालन नेपाल सरकारले नै गर्नेमा सबै सहमत भएका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्र मातहत राख्दा कानुनी अड्चन भए त्यसको समाधान गरिने बताए । यसअघि आइतबार र सोमबार दुईदिनसम्म गृहमन्त्रायमा बसेको बैठकमा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले संविधानमा भएको व्यवस्थाअनुसार राजधानीको सुरक्षा व्यवस्थापन प्रदेश सरका मातहत राख्नुपर्ने अडान लिएका थिए ।

संविधानमै उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर वाग्मती प्रदेशअन्तर्गत राखिएको छ । यही संवैधानिक व्यवस्थालाई टेकेर वाग्मती प्रदेश सरकारले राजधानीलाई आफू मातहत राख्न खोजेको थियो । अब राजधानीको सुरक्षा प्रदेश कि केन्द्र सरकार मातहत हुने भन्नेमा विवाद सकिएपछि समायोजनको बाटो खुलेको छ ।

समायोजन र सुपरीवेक्षणसम्बन्धी विषय टुंगोमा नपुगेकै कारण अहिलेसम्म संघ र प्रदेश प्रहरी कामचलाउ हैसियतमा सञ्चालित छन् । गृह मन्त्रालयले बनाएको खाकाअनुसार सहमति जुटाउन गृहमन्त्री थापाले सातवटै प्रदेशका आन्तरिक मामिलामन्त्रीहरुलाई काठमाडौं बोलाएका थिए । अब सहमति जुटेको छ र छिटै प्रहरी समायोजन गर्ने विषय तर्फ केन्द्रीत हुने बैठकमा सहभागी एक मन्त्रीले बताए ।

 


Thali Mobile Pvt.Ltd.