भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सशस्त्रलाई निशुल्क ६ सय थान इन्सास राइफल प्राप्त

सशस्त्रलाई निशुल्क ६ सय थान इन्सास राइफल प्राप्त

१५ साउन २०७७ काठमाडौं । सशस्त्र प्रहरी बललाई ६ सय थान इन्सास राइफल प्रदान गरिएको छ। नेपाली सेनाले सशस्‍त्रको क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार निशुल्क दिइएको हो ।

असार १५ को मन्‍त्रिपरिषद्निले गरेको र्णय अनुसार सेनाले उक्त हतियार प्रदान गरेको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले कैलाश खबरलाइ बताए । जंगीअड्डामा नेपाली सेनाका तर्फबाट युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई ती हतियार हस्तानान्तरण गरिएका हुन् ।

insasसीमा सुरक्षामा खटिएको सशस्त्रसँग पर्याप्त हतियार नहुँदा अप्रेशनमा समस्या हुँदै आएको थियो भने अब त्यो समस्या पनि समाधान हुने छ । नेपाली सेनाले भने आफ्ना लागि अमेरिकाबाट १० हजार थान अत्याधुनिक राइफल खरिद गर्ने प्रक्रिया अघि बढाइसकेको छ।

 


Thali Mobile Pvt.Ltd.