भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि

प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि

काठमाठडाैँ । प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ ।

बिहान ११ः३० बजेसम्म प्रदेश नं १ मा १७ लाख १५ हजार पाँच सय सात, मधेसमा १८ लाख ४१ हजार चार सय ६१, बागमतीमा १६ लाख ८२ हजार चार सय ४४, गण्डकीमा नौ लाख १८ हजार आठ सय ३९, लुम्बिनीमा १८ लाख ८७ हजार ७८, कर्णालीमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा सात लाख ७८ हजार तीन सय चार मत गणना भएको छ ।

प्रदेश नं १ मा एमालेले पाँच लाख ९९ हजार नौ सय ५९, कांग्रेसले पाँच लाख तीन हजार एक सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८२ हजार नौ सय नौ र नेकपा (माओवादी केन्द्र)ले एक लाख ६८ हजार सात सय ३४ मत ल्याएको छ । मधेस प्रदेशमा कांग्रेसले सबैभन्दा बढी तीन लाख ५७ हजार नौ सय २२, एमालेले तीन लाख २१ हजार दुई सय १०, जनमत पार्टीले दुई लाख ६६ हजार आठ सय ३२, जनता समाजवादी पार्टीले दुई लाख ६२ हजार सात सय ४४ र माओवादी केन्द्रले एक लाख ६७ हजार ६७ मत ल्याएको छ ।

बागमती प्रदेशमा एमालेले पाँच लाख दुई हजार नौ सय २३, कांग्रेसले चार लाख २७ हजार दुई सय ३९, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ५७ हजार आठ सय ५७ र माओवादी केन्द्रले दुई लाख ३६ हजार पाँच सय ५९ मत प्राप्त गरेको छ । गण्डकी प्रदेशमा एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत पाएको छ ।

लुम्बिनी प्रदेशमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेको छ ।

कर्णाली प्रदेशमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादी केन्द्रले एक लाख ३७ हजार छ सय ३९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ३३ हजार पाँच सय २०, कांग्रेसले दुई लाख २६ हजार एक सय ७० र माओवादी केन्द्रले एक लाख १३ हजार आठ सय ६३ मत पाएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको समानुपातितर्फ पनि एमालेको अग्रता देखिएको छ । हालसम्म ९६ लाख ७० हजार आठ सय ३३ मत गणना गर्दा एमालेले सबैभन्दा धेरै २६ लाख सात हजार चार सय ७२ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ७० हजार दुई सय ३४, माओवादी केन्द्रले ११ लाख नौ हजार सात सय ७९, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४, राप्रपाले पाँच लाख ५४ हजार सात सय ५७, जनता समाजवादी पार्टीले तीन लाख ६७ हजार सात सय ७३ र जनमत पार्टीले तीन लाख १६ लाख छ सय ५३ मत प्राप्त गरेका छन् । —

 


Thali Mobile Pvt.Ltd.