भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरिने

प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरिने

गण्डकी । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आज स्थगित बैठक प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरेपछि बस्ने सहमति भएको छ । सत्ता पक्षीय नेकपा एमालेका प्रदेशसभा सदस्यबाट कोरोना महामारी बढेको वर्तमान अवस्थामा सदस्यको पिसिआर परीक्षण हुनुपर्ने मागसहित आजको बैठक अवरुद्ध गरेपछि कार्यव्यवस्था परामर्श समितिको बसेको बैठकले परीक्षण गरेर मात्र सभा बस्ने सहमति जुटेको हो । सबै सदस्यको पिसिआर परीक्षण गर्ने भन्दै भोलि १ बजेसम्मका लागि बैठक स्थगित गरेको छ ।

बैठकमा कोरोना सङ्क्रमण पुष्टि भएका सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको छलफलमा सहभागी हुन नपाउने तर मतदान प्रक्रियामा सहभागि हुन पाउनेमा सहमति जुटेको बताइएको । सहमतिअनुसार आजै प्रदेशसभा सदस्यको पिसिआर परीक्षण भएको र भोलि १० बजेसम्म त्यसको नतिजा आएपछि १ बजे बैठक बस्ने प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिनुभयो । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो ।
–––

 


Thali Mobile Pvt.Ltd.