भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

प्रदेशसभा सदस्य गोसाईद्वारा वागीश्वरी कलेजको निर्माणाधीन भवनको अवलोकन

प्रदेशसभा सदस्य गोसाईद्वारा वागीश्वरी कलेजको निर्माणाधीन भवनको अवलोकन

भक्तपुर । बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले सोमबार वागीश्वरी कलेजको निर्माणाधीन भवनको अवलोकन गरेका छन् ।

भवन निर्माण कार्य भक्तपुर नगरपालिकाको आ.व. २०७८-0७९ को लागि बाग्मती प्रदेश सरकार, माननीय प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको ‘प्रदेश पूर्वाधार किवास साझेदारी कार्यक्रम–२०७८’ अन्तर्गतको शिक्षा बजेट शीर्षकबाट व्यहोर्ने गरी लगत इस्टिमेट रु. ४९ लाख ३० हजार रुपैयाबाट भइरहेको छ ।

निर्माण कार्यबाट सन्तुष्ट व्यक्त गर्दै उनले निर्माणाधीन भवनको गुणस्तरमा कुनै पनि कन्जुस्याई नगर्न सुझाए । भवन निर्माण उपभोक्ता समितिका ज्ञानसागर प्रजापतिले हालसम्म भएको खर्च तथा प्रगति विवरणबारे जानकारी दिए । कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको शैक्षिक र भौतिक प्रगतिबारे जानकारी दिए ।

कलेजमा ८ दिने सीप विकास तालिम सम्पन्न
यसैबीच वागीश्वरी कलेज बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सीप अभिवृद्धिलाई लक्षित गरी बैशाख २० गतेबाट सुरु भएको स्कील डेभलोपमेन्ट तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका अतिथि ज्ञानसागर प्रजापतिले क्षमता र सीपविनाको शिक्षा वा शैक्षिक योग्यता कागजको खोस्तो बराबर हुने बताए । विद्यार्थीहरुले शिक्षासँग समय सुहाउँदो सीप सिकी क्षमता अभिवृद्धि गरे भविष्य सफल हुने बताए ।

व्यावसायिक सीप विकास तालिमलाई पाठ्यक्रमसँग जोडी विश्वविद्यालयको कोर्षसँग अगाडि लान सके देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने बताए ।

स्रोतव्यक्तिहरु मानव संशाधन व्यवस्थापक रुविना प्रजापति, शैक्षिक परामर्शदाता प्रेम थापा, चार्टर एकाउन्टेन्ट मिरा पोख्रेल र व्यावसायिक तथा मानव संशाधन परामर्शदाता पुजा डंगोललाई मायाको चिनो र तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कलेजका शिक्षक विकल प्रजापतिले धारणा राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.