भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

प्रदेश सांसदसहित कर्णालीमा ४३ जनामा कोरोना संक्रमण

प्रदेश सांसदसहित कर्णालीमा ४३ जनामा कोरोना संक्रमण

३ भदौ २०७७ सुर्खेत । एक जना प्रदेशसभा सांसदसहित ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट बुधबार थप ४३ जनामा संक्रमण पुष्टि भएको हो । ५३ वर्षीय सा‌सदले जनस्वास्थ्य कार्यालय सुर्खेतमै स्वाब दिएका थिए ।

थपिएका संक्रमितमध्ये सल्यानका १७, सुर्खेतका १० जना, जुम्लाका ९ जना, दैलेखका ४ जना, बाँके, डोल्पा र कास्कीका एक एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडानम्बर १,२,३,४ र ५ का १० महिने बालक, ५ जना महिला र ११ जना पुरुष रहेका छन् । त्यस्तै सुर्खेतको चौकुने गाउँपालिका वडा नं.३, ४ र ५ का ५ जना महिला र वीरेन्द्रनगर नगरपालिका वडा नं ११ की एक महिला र ४ जना पुरुष रहेका छन् ।

जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १, ३, ४, ५ र ७ का एक महिला र ६ जना पुरुष, सिँजा गाउँपालिका ५ का एक पुरुष र चन्दननाथ नगरपालिका १ का ६० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । दैलेखको दुल्लु नगरपालिका ६,का एकजना पुरुष, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडानम्बर ३ र ७ का दुई वर्षीय बालक र २२/ २२ वर्षका युवकयुवती रहेका छन् ।

त्यस्तै डोल्पाको जगदुल्ला गाउँपालिका ५ का एकजना पुरुष, कास्कीको मादी गाउँपालिका ३ का एकजना पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ३ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१३० पुगेको छ । हालसम्म कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना संक्रमितको मृत्यु भएको छ भने १९२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.