भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कोरोना संक्रमितको संख्या २८ हजार नाघ्यो, मृतकको संख्या १२० सचेत रहन आग्रह (भिडियो)

कोरोना संक्रमितको संख्या २८ हजार नाघ्यो, मृतकको संख्या १२० सचेत रहन आग्रह (भिडियो)

३ भाद्र २०७७ काठमाडौं । थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । संक्रमित मध्ये २१६ जना महिला र ४६५ जना पुरुष रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १ सय १८ जना सक्रिय संक्रमित छन् भने हाल सम्म १२० जनाको मृत्यु भएको छ ।

विवरण यस्तो छ ।
प्रदेश १
ओखलढुंगाका एकजना महिला, झापाका १६ जना पुरुष र पाँचथरका पुरुष, मोरङका २८ जना महिला र ४१ जना पुरुष, सुनसरीका ५ जना महिला र ३१ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रदेश २
धनुषाका ७ जना महिला र २१ जना पुरुष, पर्साका ३४ जना महिला र ७४ जना पुरुष, बाराका ५ जना महिला, १० जना पुरुष, महोत्तरीका ३ जना महिला र ९ जना पुरुष, रौतहटका एकजना महिला र ३ जना पुरुष, सप्तरीका १३ जना पुरुष, सर्लाहीका ४ जना महिला र १५ जना पुरुष, सिरहाका ४ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेश
काठमाडौंका ४५ जना महिला र ८९ जना पुरुष , चितवनका १५ जना महिला र ९ जना पुरुष, धादिङका एकजना पुरुष, भक्तपुरका २ जना महिला र ६ जना पुरुष, ललितपुरका ७ जना महिला र १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भिडियो…

https://www.facebook.com/Kailashkhabarnews/videos/777600669681052/

गण्डकी प्रदेश
जिल्लाहरुमा कास्कीका ५ जना पुरुष, गोरखाका एक महिला र २ जना पुरुष, तनहुँका ४ जना पुरुष, नवलपरासी पूर्वका २ महिला र १० जना पुरुष, लमजुङका ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रदेश ५
कपिलवस्तुका एकजना महिला र ५ जना पुरुष, दाङका ३ जना पुरुष, नवलपरासी पश्चितमका एक महिला, पाल्पाका एकजना पुरुष, प्युठानका २ जना पुरुष, बर्दियाका २ जना पुरुष र बाँकेका ८ महिला र १० जना पुरुष र रुपन्देहीमा २३ महिला र २९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश
जुम्लाका २ जना महिला र ७ जना पुरुष, डोल्पाका एकजना पुरुष, दैलेखमा एकजना महिला र ३ जना पुरुष, सल्यानका ५ जना महिला र १२ जना पुरुष, सुर्खेतका ७ जना महिला र ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश
अछामका ३ जना पुरुष, कैलालीका २ जना महिला र एकजना पुरुष, डोटीमा २ महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ सय भन्दा बढी
पर्सा
महोत्तरी
रौतहट
काठमाडौं
मोरङ

संक्रमित नभएका जिल्ला

डोल्पा
हुम्ला
मनाङ
मुस्ताङ

हालसम्म ज्यान गुमाउनेको संख्या

प्रदेश १           – ११ पुरुष, ३ महिला
प्रदेश २           – ३६ पुरुष, ११ महिला
बाग्मती प्रदेश     – १४ पुरुष, ८ महिला
गण्डकी प्रदेश    – ७ पुरुष , १ महिला
प्रदेश ५           – १२ पुरुष, ३ महिला
कर्णाली प्रदेश     – ४ पुरुष
सुदूरपश्चिम प्रदेश  – ५ पुरुष र ३ महिला

 


Thali Mobile Pvt.Ltd.