भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ ।

आइतवार बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको हो । नेकपाको प्रचण्ड–नेपाल समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

नेकपाको ओली समूहले नेकपा राजनीतिक रूपमा फुटे पनि कानुनी रूपमा नफुटेको भन्दै अविश्वासको प्रस्तावको वैधानिकताबारे प्रश्न गर्दै आएको छ ।

आइतवार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्ताव वैधानिक नभएको स्मरण गराएका थिए ।

 


Thali Mobile Pvt.Ltd.