भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री देउवाद्वारा कांग्रेस नेता चित्रकारप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री देउवाद्वारा कांग्रेस नेता चित्रकारप्रति श्रद्धाञ्जलि

काठमाडौँ । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेहबहादुर देउवाले पार्टीका नेता स्व कमल चित्रकारप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।नेपाल तरुण दलका पूर्वमहासचिव एवं काठमाडौँ नगरपञ्चायतका पूर्व प्रधानपञ्च चित्रकारको सोमबार निधन भएको थियो ।स्व चित्रकारको शव श्रद्धाञ्जलिका लागि आज गौशालास्थित पशुपति आर्यघाटमा राखिएको थियो । प्रधानमन्त्री देउवाले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै लोकतन्त्र स्थापनाको आन्दोलनमा स्व चित्रकारले पु¥याउनुभएको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्नुभयो ।

स्व चित्रकारप्रति कांग्रेस नेता प्रकाशमान सिंह, अर्जजनरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाँण, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित चित्रकारको वीरअस्पतालमा उपचारको क्रममा सोमबार बिहान ६ः३० बजे निधन भएको थियोे ।

स्व चित्रकारको श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । राजनीतिमा विद्यार्थीकालदेखि सक्रिय चित्रकारले राजनीतिक जीवनमा चार वर्ष जेल जीवन बिताउनुभएको थियो । विसं २०३८ मा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमाडौँ महानगरको प्रधानपञ्च बन्नुभएका चित्रकारले प्रधानपञ्च भएका बेला रत्नपार्क भोटाहिटी जोड्ने ‘सव वे’ निर्माण गर्नुभएको थियो ।काठमाडौँका रैथाने चित्रकारलाई भोटाहिटी चौबाटोमा हुने भीडभाडको अवस्थाका कारण जनताले भोग्नु परेको दुःख थाहा थियो । त्यसैले आफू निर्वाचित भएपछि बटुवाका लागि सहज हुने गरी सबैभन्दा पहिला रत्नपार्कबाट भोटाहिटी जान आकाशे पुल बनाएर काम गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.