भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

प्रहरीद्वारा दुर्गा प्रसाइको अभियानमा हिडेका श्रीनिवास सहित ८ जनाविरुद्ध मुद्दा दायर

प्रहरीद्वारा दुर्गा प्रसाइको अभियानमा हिडेका श्रीनिवास सहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । धर्मगुरु आचार्य श्रीनिवाससहित आठ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । नागरिक बचाउका अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा उत्तेजक भाषण दिएको आरोपमा पक्राउ परेका उनलाई सार्वजनिक शान्ति सुरक्षा खलल पारेको कसुर र अभद्र व्यवहारमा मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि छानबिन गर्न प्रहरीले अदालतबाट तीन दिनको म्याद पाएको छ । उनीहरूमध्ये आचार्य श्रीनिवासलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको छ । अन्यलाई प्रहरी वृत्त गौशालामा राखिएको काठमाडौ परिसरले जनाएको छ । दुर्गा प्रसाइको अभियानले मंसीर ७ गतेदेखि राजधानीका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन गर्दै आएको छ ।

निवाससहित सुजन खड्का, मोहरमान बस्नेत, दिपेश खड्का र गोर्खाका अनिल गुरुङविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा चलाउन म्याद लिएको प्रहरीले जनाएको छ । आचार्य श्रीनिवासलाई तीन दिन र बाँकी चारजनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिनेछ । मनोज थापा, विनन्जय थापा र निकेश बास्तोलाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.