भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फरार दुई प्रतिवादी पक्राउ

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेश गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार लागुऔषध मुद्दामा अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना फैसला भएका फरार रहेका दमाईंलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।

अवैध काठसहित अटोरिक्सा चालक पक्राउ

भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ । अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन वटा गोलीया ९७ दशमलव ३९क्यूविक फुट० सहित सार्कीलाई पक्राउ गरेको हो ।

अटोरिक्सामा काठसहित पक्राउ परेका सार्कीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.