भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्धकाे माग

फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्धकाे माग

काठमाडौँ । महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ ।

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही भदौ २४ गते जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्टोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने भनिएको छ ।

सो बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनःआदेश जारी गर्न ध्यानाकर्षण गराइएको हो । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेकाले अहिलेको आदेश महानगरको यो नीति विपरीत भएको बताइन् ।

फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रण बाहिर जाने उनको तर्क छ । ध्यानाकर्षणपत्र बुझिसकेपछि प्रजिअ दाहालले माहामारीका समयमा सो पेशामा बसेर काम गर्ने मानिसलाई परेको समस्या खुकुलो बनाउन खोजिएको बताए ।

 


Thali Mobile Pvt.Ltd.