भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

फेरी आर्मेनिया र अजरबैजानबीच युद्ध

फेरी आर्मेनिया र अजरबैजानबीच युद्ध

सीमा नाकामा भएको विवादका क्रममा  आर्मेनिया र अजरबैजानबीच भडप हुँदा एक सैनिकको मृत्यु भएको छ । आर्मेनियाको रक्षा मन्त्रालयले अजरबैजानको पूर्वी किनारामा गोलाबारी भएको जनाएको छ । आर्मेनिया र अजरबैजानको विवादास्पद नागोरोनो काराबाख क्षेत्रमा गत सेप्टेम्बरको युद्धपछि दुवै देशबीच झडप भएको हो । अजरबैजानका सैनिकले गैरकानुनी रुपमा सीमा नाकामा प्रवेश गरेकाले गोली प्रहार गर्नुपरेको अर्मेनियाले दावी गरेको छ ।

अजरबैजानी सेनाले गोली प्रहार गर्दा एक सैनिकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । नागोर्को काराबाखलाई लिएर लामो समयदेखि चलिरहेको संघर्षले गत सेप्टेम्बरका अन्त्यमा भएको सुरु भएको ६ हप्ता लामो द्वन्द्वका क्रममा ६ हजार भन्दा बढीको मृत्यु भएको थियो ।
सन् १९९० को दशकदेखि नागोरोनो काराबाख क्षेत्रलाई अजरवैजानको सेनाले नियन्त्रणमा लिएर अर्मेनियालीहरुमाथि दमन गरेको बताइएको छ।

अजरबैजानको आरोपमा कुनै सत्यता नभएको अर्मेनियाको दावी छ । उसले सैनिक अधिकारीको मृत्यु र सीमा विवाको विषय सम्बन्धित नभएको जिकिर गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.