एजेन्सी । सैन्य ‘कु’ मार्फत सत्ता हत्याएको म्यानमारमा फेसबुक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । १ वर्ष संकटकाल घोषणा गरेर देशमा स्थायित्व कायम राख्न फेसबुकमाथि प्रतिबन्ध लगाइएको केही अधिकारीहरूले बताएका छन् ।
सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउँदै आएकोमा अब त्यसमा पनि अंकुश लगाएर चुप लगाउन खोजिएको छ । फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
