भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

झारजङ्गलले छोपियो अर्बुद रोग निवारण संस्था

झारजङ्गलले छोपियो अर्बुद रोग निवारण संस्था

झापा । क्यान्सरका बिरामीलाई सहुलियतको सिफारिसलगायतको काम गर्दै आएका झापास्थित नेपाल अर्बुद रोग निवारण संस्था केही वर्षदेखि बन्द अवस्थामा छ । भद्रपुर नगरपालिका–८ स्थित मेची प्रादेशिक अस्पताल परिसरभित्र १० कठ्ठामा निर्मित सो संस्थाको तीनकोठे पक्की भवन झारजङ्गलले छोपिएको छ । मूलढोकामा ठूलो ताला लागेको छ ।

विसं २०५० मा क्यान्सर रोग निवारणका लागि सचेतना जगाउन र बिरामीको उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले भद्रपुरका समाजसेवीहरुले सो संस्थाको जिल्ला शाखा स्थापना गरेका थिए । दाताको सहयोगमा बनाइएको भवन बेवारिसजस्तै बनेको छ । अर्बुद रोग निवारण संस्थाको कार्यालयलाई मेची अस्पतालको निर्माणाधीन भवनको सिमेन्ट थन्क्याउने गोदामका रूपमा प्रयोग गरिएको छ ।

आजीवन सदस्य र साधारण सदस्य बनाएर संस्थाको कार्यसमिति गठन गरिँदै आएको छ । स्थापनाकालमा थुप्रै कार्यक्रम गरेको समितिको गतिविधि अहिले ठप्प छ । समितिका वर्तमान अध्यक्ष रुद्र भुर्तेलले समितिको बैठक कहिलेकाहीँ बस्ने गरेको बताउनुभयो । कार्यालय भवन फोहर र बस्ने कुर्सी टेबुल नभएका कारण निजी घरतिर बैठक बस्दै आएको उहाँले बताउनुभयो ।

संस्थाको आफ्नै भवनमा एउटा बैठक र अरु दुईवटा कार्यालय प्रयोजनका कोठा छन् । संस्थामा ६५ आजीवन सदस्य र १५ सदस्यीय कार्यसमिति रहेको अध्यक्ष भुर्तेलले बताउनुभयो । भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा उपचार सेवा लिन जाने बिरामीलाई सहुलियतका लागि सिफारिस गर्ने संस्थाको उद्देश्य भएको उहाँको भनाइ छ ।

तर पछिल्लो समय संस्थाले कसैलाई पनि सिफारिस गरेको छैन । पञ्चायतकामा राजपरिवारका सदस्यको नेतृत्वमा काठमाडौँमा अर्बुद रोग निवारण संस्थाको स्थापना भएको थियो । जिल्लाहरुमा यसको शाखा विस्तार गरिएको हो । रासस

 


Thali Mobile Pvt.Ltd.