फ्रान्समा फेरी लकडाउन

फ्रान्समा फेरी लकडाउन

फ्रान्स । राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरी लकडाउनको घोषणा गरेका छन् । टेलिभिजनबाट सम्वोधन गर्दै कोरोनाभाइरसको महामारी बढ्दै गएकाले लकडाउन लगाउनु परेको उल्लेख गरे ।

सकेसम्म घर बाहिर निस्कनै नदिने र निस्कनु पर्ने अवस्थामा रहेकाहरुले कडा नियमहरु मान्नु पर्ने बनाईको छ । बाहिर निस्कनु पर्नेहरुलाई फाराम भर्नु पर्ने व्यवस्था गरिएको छ । घोषणा गरिएको लकडाउन आगामी डिसेम्बर १ तारिखसम्म लागु हुनेछ भने त्यसपछि निरन्तरता दिनु परेमा १५, १५ दिनमा थप्दै लगिने बताईएको छ ।

फ्रान्समा अप्रिलयता कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या उच्च भएको छ भने मंगलबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै अर्थात ३३ हजार जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.