भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बकबासपछि नेपालमा भारतीय न्युज च्यानल प्रसारणमा रोक

बकबासपछि नेपालमा भारतीय न्युज च्यानल प्रसारणमा रोक

२५ असार २०७७ काठमाडौं । भारतीय न्यूज च्यानलको बकबासपछि नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलको प्रसारणमा रोक लगाईएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वफुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय संचारमाध्यमले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि बन्द गरिएको हो । एमएसओहरुले स्वतःफूर्त यस्तो निर्णय लिएको नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले बताए । केवल टेलिभिजन महासंघले आधिकारिक निर्णय नगरेपनि कम्पनीहरुले स्वत यो कदम चालेको उनको भनाई छ ।

भारतीय टेलिभिजन च्यानलहरूले नेपालबारे अनर्गल प्रचार गरिएपछि यो कदम चालिएको हो । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर गत वैशाख ७ मा नेपालले नयाँ नक्सा जारी गरेयता भारतीय टेलिभिजन च्यानलले अतिरञ्जित अफवाह फैलाउने गरिरहेका छन् । भारतीय न्युज च्यानलको अफवाह विरुद्ध प्रसारण बन्द गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.