भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सचेत रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको आग्रह

सचेत रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको आग्रह

२६ असार २०७७ काठमाडाैं ।  वर्षासँगै बाढी आउने सम्भावना बढेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैलाई सचेत रहन आग्रह गरेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने भन्दै प्राधिकरणले बाढीबाट बच्न सचेत गराएको हाे ।

यस वर्ष प्रशस्त पानी परिरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको प्राधिकरणकाे ठाेकुवा छ । अविरल वर्षाले पहाडी भेगको भू–भाग भित्रसम्म गलेकाले कतिपय ठाउँमा पहिरो जानेबारे चनाखो रहन प्राधिकरणले आग्रह गरेको छ । तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना रहेकाे बताएकाे छ ।

त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि बाढी र पहिराेकाे उच्च जाेखिम बढेकाले सतर्क रहन प्राधिकरणले अनुराेध गरेकाे छ । कन्काई, कोसी, कमला, बाग्मती, नारायणी तथा सहायक नदीमा पानीको बहाव बढेर बाढीकाे खतरा पूर्वानुमान गरिएको छ । खहरे खोला तथा नदीहरूमा ठूलो बाढी आउन सक्ने भन्दै सबै क्षेत्रका बासिन्दालाई सतर्क रहन विशेष आग्रह गरेको हाे ।

 


Thali Mobile Pvt.Ltd.