भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

‘बजरंगी भाईजान २’को तयारी

‘बजरंगी भाईजान २’को तयारी

मुम्बई । बलिउड अभिनेता सलमान खान र अभिनेत्री करीना कपूर खानको फिल्म ‘बजरंगी भाईजान’लाई बलिउडकै एउटा उत्कृष्ट फिल्म मानिन्छ । सन् २०१५ मा रिलिज भएको यो फिल्मले बक्सअफिसमा ३ सय २० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो । फिल्म रिलिजको अहिले ६ वर्ष पुरा भएको छ । फ्यानहरु फिल्मको सिक्वेल अर्थात ‘बजरंगी भाईजान २’को माग गरिरहेका छन् ।

फिल्म ‘बाहुबली’का लेखक केवी विजयेन्द्र प्रसादले आफूले केही समय अघि ‘बजरंगी भाईजान २’को कथा सलमानलाई बताएको खुलाएका छन् । ‘कथा सुनेपछि सलमान उत्साहित भएका छन् । तर म यसलाई अगाडि बढाउनका लागि एउटा उपयुक्त साधनको खोजीमा छु’, उनले भनेका छन् ।

उनले सलमानसँग आफूले आकस्मिक भेटेको र आफूलाई फिल्मको सिक्वेलको बारेमा बताउदा सलमानले ‘एक राम्रो विचार’ भनेको स्मरण गरे ।

सलमान हाल अभिनेत्री कटरीना कैफका साथ फिल्म ‘टाइगर–३’को सुटिङ गरिरहेका छन् । फिल्मको निर्देशन मनीष शर्माले गरेका छन् । फिल्ममा इमरान हासमी प्रमुख भिलेनका रुपमा छन् ।

 


Thali Mobile Pvt.Ltd.