भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

बन्दीपुरको बजेट पारित, उत्कृष्ट सात कर्मचारी पुरस्कृत

बन्दीपुरको बजेट पारित, उत्कृष्ट सात कर्मचारी पुरस्कृत

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि रु ५१ करोड ३४ लाख एक हजार ५०० को बजेट पारित गरेको छ । नवौँ गाउँसभाले आगामी वर्षका लागि प्रस्तुत बजेट पारित गरेको हो । यही असार १० गते शुरु भएको गाउँसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

गाउँपालिकालाई सङ्घ सरकारमार्फत वित्तीय समानीकरण अनुदान बापत रु नौ करोड चार लाख, सशर्त अनुदान बापत रु १८ करोड ७५ लाख, विशेष अनुदानबापत रु दुई करोड ४९ लाख, राजश्व बाँडफाँड बापत रु छ करोड ५४ लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् ।

गण्डकी प्रदेश सरकारमार्फत वित्तीय समानीकरण अनुदान बापत रु एक करोड पाँच लाख ३१ हजार, राजश्व बाँडफाँड बापत रु ८९ लाख ३२ हजार, विशेष अनुदान बापत रु ५० लाख र समपुरक अनुदान बापत रु ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

उत्कृष्ट कर्मचारी पुरस्कृत

गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने सात कर्मचारीलाई पुरस्कृत गरेको छ । कर्मचारीलाई नगद रु १० हजारसहित पुरस्कृत गरेको हो । लेखा अधिकृत कृष्णप्रसाद बसौला, कृषि शाखा प्रमुख सुलभ अधिकारी, प्राविधिक अजयकुमार पण्डित, राजश्व र न्यायिक शाखाकी बन्दना लामा गुरुङ, सवारी चालक नारद पाटा मगर, कार्यालय सहयोगी रामेश्वर कुंवर र वडा नम्बर १ का सचिव कुमार लम्साललाई पुरस्कृत गरिएको गाउँपालिका उपाध्यक्ष गुरुङले जानकारी दिइन् । उनीहरुलाई नगद रु १० हजार र प्रशंसापत्रले पुरस्कृत गरिएको बताइन्।

 


Thali Mobile Pvt.Ltd.