भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा |

बर्थिङ सेन्टरका सामग्री अझै सदरमुकामको बन्द कोठामा

बर्थिङ सेन्टरका सामग्री अझै सदरमुकामको बन्द कोठामा

जाजरकोट, । सातैवटा स्थानीय तहलाई उपलब्ध गराउने भन्दै आर्थिक वर्ष २०७७–७८ मा खरिद गरिएका बर्थिङ सेन्टरमा प्रयोग हुने सामग्री अहिलेसम्म सदरमुकाममै थन्किएका छन् । स्वास्थ्य सेवा कार्यालयले बोलपत्र आह्वान गरी खरिद गरेका बर्थिङ सेन्टरका सामग्री गत असारमै सबै स्वास्थ्य संस्थामा पुयाइ सक्नुपर्ने भए पनि अहिलेसम्म सदरमुकामको निजी घरमा थन्किएको पाइएको छ । गत चैत, वैशाख महिनामै सदरमुकाम आइपुगेका सामग्री झण्डै छ महिनादेखि सदरमुकाममा थन्क्याएर राखिएको छ ।

स्थानीय तहले बर्थिङ सेन्टरमा आवश्यक समस्याका बारेमा लिखित माग गरेअनुसार अघिल्लो वर्ष ती सामग्री खरिद गरिएका थिए । खरिद गरिएका सामग्रीको अभाव भएपछि पटक पटक माग गरे पनि स्वास्थ्य सेवा कार्यालयले उपलब्ध नगराएको पालिकाले बताएका छन् । वर्षायाममा बाटो अवरुद्ध हुँदा पालिकाले कतैबाट ल्याउन नसकेको र माग गरिएका सामग्री स्वास्थ्य सेवा कार्यालयले खरिद गरे पनि सदरमुकामै थन्क्याएर राख्दा समस्य थपिँदै गएको जुनिचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ । भेरी नगरपालिकाले समेत पटक पटक बर्थिङ सेन्टरका सामग्री माग गरे पनि नगरपालिकाको नाममा आएका सामग्री स्वास्थ्य सेवा कार्यालयले दिन सकेको छैन ।

बन्द कोठामा राखिएका ती सामग्री पालिकामा कहिलेसम्म पुग्छ भन्ने यकिन समय नभएको स्रोतले बताएको छ । सात पालिकामध्ये नलगाड नगरपालिकामा मात्र अहिलेसम्म सामग्री पठाइएको र त्यहाँबाट बर्थिङ सेन्टरसम्म पुगे, नपुगेको कुनै जानकारी नआएको जनाइएको छ । प्रदेश सरकारको दायित्वअन्तर्गत ती सामग्री स्वास्थ्य सेवा कार्यालयले खरिद गरेको थियो । अघिल्लो आर्थिक वर्षमा मागका आधारमा खरिद गरिएका सामग्री सदरमुकाममा थन्क्याएर राख्दा उता पालिकामा सामग्रीको अभावमा सुत्केरी गराउन समस्या भइरहेको स्वास्थ्य शाखाले जानकारी दिएका छन् ।

सङ्घीय सरकार र पालिकाले बर्थिङ सेन्टर मात्र निर्माण गरेको तर सामग्री केही मात्रा खरिद गरिएको भए पनि पूरा सामग्री नभएका कारण स्वास्थ्य सेवा कार्यालयसँग अघिल्लो वर्ष माग गरिएको थियो । झण्डै ८० प्रकारका सामग्री एउटा बर्थिङ सेन्टरमा आवश्यक पर्ने गर्दछ । सुत्केरी गराउने बेड, सक्सन मेसिन, डेलिभरी सेट, म्याटेस, सक्सन ट्यूब, अक्सिजन मास्क र न्यानो कपडा लगाएका सामग्री बढी महत्वपूर्ण मानिन्छन् । यी सामग्री खरिद गरेर सदरमुकाममा थन्क्याइएको र कहिले गाउँमा जान्छ थाहा नभएको स्वास्थ्यकर्मीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.