भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

दुव्र्यसनसहित एचआइभी घटाउन अभियान

दुव्र्यसनसहित एचआइभी घटाउन अभियान

वलेवा । लागुपदार्थ सेवनगर्नेहरूबाट एचआइभी सङ्क्रमण बढ्न थालेकामा यहाँ चिन्ता व्यक्त गर्न थालिएको छ । सुई साटासाट गर्नेबाट एचआइभी बढेको आशङ्कामा त्यसको न्यूनीकरणका लागि सरोकार निकायले अभियान पनि थालेका छन् । बागलुङमै पनि त्यस्ता युवाको सङ्ख्या बढिरहेकाले पहिलो चरणमा सुरक्षित सुई लगाउने व्यवस्था गर्ने, त्यसपछि आनीबानीमा परिवर्तन ल्याएर शून्य दरमा घटाउने योजना बनाइएकोे स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए ।

कम्युनिटी सपोर्ट गु्रपले उक्त कार्यालयको सहकार्यमा यो अभियान थालेको हो । बुधबार आयोजित एक कार्यक्रममा जिल्लामै २४६ देखि ३२५सम्म युवा लागुपदार्थ सेवनबाटै सङ्क्रमित भएको हुनसक्ने आँकलन गरिएको जानकारी दिइयो । कम्तीमा ९० प्रतिशत सङ्क्रमित पहिचान गरेर तिनलाई एआरटी सेन्टर पुयाउने र ९० प्रतिशत भाइरस नियन्त्रण गर्ने योजना उक्त गु्रपले बनाएको बताइयो ।

सङ्क्रमित पहिचान भएपछि तिनको आनीबानी परिवर्तन गराउने, समुदायबाटै समस्या समाधान गराउने, पटक–पटक भेटिएका सङ्क्रमितको नियमित अनुगमन गर्ने, साथी–साथी मिलेर सुई लगाउनेलाई एउटै सुई दिने, सुई लगाउने दर घटाउने र शून्यमा पुयाउने लक्ष्यसमेत रहेको जानकारी दिइएको थियो । अहिलेसम्म बागलुङमा ६७ युवाले सुईमार्फत लागुपदार्थ सेवन गर्ने गरेको भेटिएको जनाइएको छ । नेपालभर २७ हजारदेखि ३४ हजारसम्म लागुपदार्थ सेवनकर्ता युवा रहेको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ । पहिलो चरणमा व्यक्ति र परिवारबाटै समस्या समाधान खोज्न जिल्ला समन्वय समितिका अधिकृत खिमबहादुर विकले सुझाव दिए ।

 


Thali Mobile Pvt.Ltd.