भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बर्सातले सडकसहित विद्यालयमा क्षति

बर्सातले सडकसहित विद्यालयमा क्षति

डोटी । केही दिनयतादेखि भइरहेको लगातारको बर्सातका कारण यहाँका विभिन्न स्थानमा क्षति पुयाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बर्सातका कारण पहिराले यहाँका विभिन्न ठाउँमा रहेका ग्रामीण सडक, कुलादेखि विद्यालयमा समेत क्षति पुयाएका निवेदन दर्ता हुने क्रम बढेको छ । बर्सातका कारण यहाँका विपीनगर गड्सेरा, सायल, आदर्श, मुडभारा सडकमा चिरा पर्नाका साथै सडकसमेत भत्किएको बताइएको छ ।

समयमै मर्मतसम्भार नगरिए यहाँका गाउँमा सडकमा सवारी साधन चलाउन नसकिने अवस्थामा भएको गड्सेराका स्थानीयवासी लीलाधर विष्टले जानकारी दिनुभयो । यसै सिलसिलामा तीन–चार दिनदेखिको लगातारको बर्सातले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माविमा समेत लाखौँको क्षति पुगेको छ । बर्सातले पर्खाल भत्ँिकदा विद्यालयमा समेत क्षति पुगेको प्राचार्य इन्द्रबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्सातले पर्खाल भत्काएको छ, विद्यालय भवनमा समेत चिरा परेको छ, विद्यार्थीलाई पढाउन समस्या हुने स्थिति आएको छ ।”

 


Thali Mobile Pvt.Ltd.